राजनीति

माओवादी केन्द्रको कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

६ साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमणमा निस्किएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका श्रेष्ठलाई दिइएको हो ।

इटाली भ्रमण पूरा गरी प्रधानमन्त्री दाहाल यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज इटाली प्रस्थान गरेका थिए ।