राजनीति

शेखर कोइरालालाई वरिष्ठ नेता बनाउनु पर्छ : मन्त्री लिम्बु

७ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन आग्रह गरेका छन् ।

पार्टीका मन्त्रीहरुले मन्त्रालयगत जानकारी दिनका लागि बैठकमा मन्त्री लिम्बुले नेता कोइरालालाई वरिष्ठ नेता बनाउन सभपाति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।

उनले विगतको अवस्था ख्याल गर्दै कोइरालालाई वरिष्ठ नेता बनाउन माग गर्दै भने, “हिजो चुनाव तपाईले गिरीजाप्रसाद कोइरालासँग लड्नुभयो । वरिष्ठ नेता प्राप्त गर्नुभयो । अहिले डा. शेखर कोइरालाले किन प्राप्त नगर्ने ?”