राजनीति

बालकृष्णलाई राज्यले फसायो, सके सहयोग गरौं : सहमहामन्त्री यादव

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले बालकृष्ण खाँणमाथि राज्यले ठूलो अन्याय गरेको दावी गरेका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै सहमहामन्त्री यादवले खाँणलाई राज्यले फसाएको समेत बताए ।

त्यस्तै, उनले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदारजस्तो व्यवहार गर्न नहुने भन्दै भने, “नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ । तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ ।”

खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए । “तपाईंले एक लाठी खाँदा उहाँले गएर छोप्नुहुन्थ्यो । उहाँले पनि धेरै दुख गरेर आउनुभएको छ, धेरै लााठी खाएर आउनुभएको छ । सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं ।”