आर्थिक

‘Loyalty and Referal Tiktok Competition’ संचालन, विजेतालाई १० हजार

७ साउन, काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवा संगैLoyalty Points Offer साथै Referral scheme लन्च गरेको छ ।

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले “Prabhu Capital Loyalty and Referal Tiktok Competition” संचालनमा ल्याएको छ । यो योजना श्रावण मसान्त सम्म संचालन हुने भएको छ ।

यस Tiktok competition अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको Tiktok account मा राखिएको Jingle को ] original sound मा Tiktok बनाई Hashtag #prabhuloyaltyandreferal राखी post गर्नुपर्ने हुन्छ ।

सबै भन्दा धेरै Likes को आधारमा विजेता छनौट गरिने र विजेताले रु १०,००० जित्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।