समाचार

सभापति देउवाले बोलाए पदाधिकारीको बैठक 

९ साउन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पदाधिकारीको बैठक धुम्बाराहीमा बोलाएका छन् ।

 उनले केन्द्रीय कार्यालयको बैठकको निर्णय तयार पार्नका लागि उनकै निज निवासमा आज अपराह्न ४ बजेका लागि बोलाएको हुन् । 

नेपाली काँग्रेसका केन्द्रीय कार्यसमितिको बैठक केही दिन देखी हुँदै आइरहेको छ । सभापति देउवाले आजको एक दिनको कार्यसमितिको बैठक सदुपयोग गर्दै आन्तरिक छलफलको लागि पदाधिकारी बैठक बोलाएका हुन् ।