राजनीति

उपसभापति गुरुङकाे दाबी: १५औं महाधिवेशनमा डा शेखर कोइरालालाई सभापति बनाउँछौं

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री समेत रहेका धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने बताएका छन् ।

मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा बोल्दै उपसभापति गुरुङले अहिले नै सभापति बदल्न नसक्ने बताए । उनले अघि भने, “अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।”

त्यस्तै, उनले त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने दावी गरे । उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने बताए ।