राजनीति

केन्द्रीय समिति बैठक आरोप प्रत्यारोपमा सीमित, लाइभ गर्दा असजिलो : कोइराला

९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोपमा सीमित भएको दावी गरेका छन् ।

बीपीको ४१ औं स्मृति दिवसको अवसर पारेर मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै नेता कोरालाले आरोप प्रत्यारोप किन कसरी भयो बारे विषयमा प्रवेश गर्न नचाहने उनले बताए ।

त्यस्तै, उनले बैठक लाइभ गर्दा असजिलो महसुस भएको भन्दै भने, “फेसबुक लाइभ गर्‍यौं कतिलाई राम्रो लाग्यो होला कतिलाई नराम्रो लाग्यो होला । म राम्रो नराम्रो अहिले भन्न सक्दिन । म जस्तो व्यक्तिलाई अलि असजिलो लाग्यो ।”

केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने कोइरालाले बताए । “केन्द्रीय समिति बैठक भनेपछि कतिपय कुरा बैठकभित्रै राख्नुपर्ने हुन्छ । बाहिर आउनु हुदैन”, उनले भने ।