राजनीति

गगन, महन्थ र उपेन्द्रलाई निर्वाचन आयोगले गर्‍यो कारबाही

९ साउन, काठमाडौं । तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।

आयोगले २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । आयोगका अनुसार एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।

आयोगले नेपाली कांग्रेसका महामन्त्री गगन थापा, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कारवाहीमा गरेको छ ।