समाचार

सोविता, रमेश, ओनसरी, पम्फा र शेरधनसहित २४ सय जनालाई १५ हजार जरिवाना

९ साउन, काठमाडौं । तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।

आयोगले २४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको छ । आयोगका अनुसार एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई जनही १५ हजारका दरले जरिवाना हुने आयोगले ठहर गरेको छ ।

आयोगले एमाले नेता राजन भट्टराई, श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरदसिंह भण्डारी, खानेपानी महिन्द्र राय यादव, राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, रास्वपाका सोविता गौतम र रास्वपाकै गणेश पराजुलीलाई कारवाहीमा गरेको छ ।

यस्तै, परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, कांग्रेसकै उमकान्त चौधरी, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, पूर्व सभामुख ओनसरी घर्ती मगर, पम्फा भुसाल, शंकर भण्डारी, भीमसेनदास प्रधान र एमाले नेता शेरधन राई पनि कारबाहीमा परेका छन् ।