समाचार

प्रभु शाहलाई पक्राउ गर्न जसपासहित ६ दलको माग

९ साउन, काठमाडौं । आम जनमत पार्टीका अध्यक्ष एवं सांसद प्रभु शाहलाई पक्राउ गर्न ६ दलले माग गरेको छ । साह गौर हत्याकाण्डमा संलग्न रहेको भन्दै जसपासहित ६ दलले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका हुन् ।

साहलाई पक्राउ गर्न ले पूर्व प्रदेश सांसद रामसागर यादवको नेतृत्वमा २१ सदस्यीय समिति बनेको छ । समितिमा जसपा नेपाल, जनमत, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता कार्यकर्ता छन् ।

उनीहरुले हिन्दुवादी नेता काशीनाथ तिवारी, अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागी र शिक्षक सुनिल यादवको हत्यामा संलग्न रहेको भन्दै साहलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।