राजनीति

सुन प्रकरणबारे गृहमन्त्री श्रेष्ठसँग जवाफ माग गर्ने एमालेको निर्णय

१० साउन, काठमाडौं । नेकपा (एमाले)ले सुन प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ ।

एमाले संसदीय दलको बैठकले गृहमन्त्री श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो । सशक्त ढंगले अगाडि बढ्ने, सुन प्रकरणमा गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने, छानबिनको माग गर्ने, जवाफ माग्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुुपर्ने एमालेले निर्णय गरेको छ । गृहमन्त्रीको जवाफ कस्तो आउँछ त्यस आधारमा थप कदम चाल्ने एमालेको निर्णय छ ।