राजनीति

केन्द्रीय समितिको निर्णय टुंग्याउन गगन, विश्वप्रकाशसहित नेताहरु छलफलमा

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरु केन्द्रीय समितिको निर्णय तय गर्न छलफलमा जुटेका छन् ।

एक नेताका अनुसार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु रमेश लेखक, मीन विश्वकर्मा लगायत रहेका छन् ।

उनका अनुसार यो बैठकले केन्द्रीय समितिको निर्णयको मस्यौदालाई अन्तिम रुप दिएपछि अपरान्ह ४ बजे बस्ने केन्द्रीय समिति बैठकले पारित गर्नेछ । मंगलबार बसेको पदाधिकारी बैठकले मस्यौदा तयार गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको थियो ।