राजनीति

संसद बैठक : सुन तस्करी प्रकरणमा छानबिन माग गर्दै एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरुले संसदमा नाराबाजी गरेको हो ।

सुन तस्करी प्रकरणमा सरकारकै संरक्षणमा भएको भन्दै एमालेका सांसदहरुले वेल घेराउ गरेका हुन् । “पछिल्ले २-३ महिनाको अवधिमा २२ क्विन्टलभन्दा बढी सुन गृहमन्त्री, अर्थमन्त्रीको संरक्षण र सेटिङमा भित्रिएको छ । यो सामान्य विषय होइन”, एमालेका प्रमुख सचेतक पदम गिरीले भने, “पछिल्लो समयमा भेटिएको सुन सेटिङ बिग्रँदा पक्राउ परेको हो ।”