राजनीति

एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि आगामी साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

एमालेले बेल घेराउ गर्दै नाराबाजी सुरु गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । एमालेले सुन तस्करीबारे अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै संसद अवरुद्ध गरेको हो ।