राजनीति

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेस मौन

१० साउन, काठमाडौं । कांग्रेसले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ ।

कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । आज बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका प्रस्तावहरु पेश गरेका छन् ।

भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने समेत कांग्रेसले बताएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए भने केहीले उनलाई साथ दिनुपर्ने मत राखेका थिए ।