राजनीति

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न कांग्रेसको माग

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको बताए । यो प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्न समेत सरकारसँग माग गरेको छ ।