समाचार

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

१० साउन, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले सुन प्रकरणमा सुरेन्द्र तामाङलाई पक्राउ गरेको छ ।

विभागका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए । उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।