समाचार

व्यवसायी राकेशको घरमा छापा

१० साउन, काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको हो । व्यवसायी अडुकियाले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको छ ।

विभागका अनुसार घरबाट केही सामान समेत बरामद गरिएको छ ।