समाचार

सुन तस्करी प्रकरणमा ‘रेडी ट्रेड प्राली’को गोदाममा छापा

काठमाडौँ । सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सोह्रखुट्टेमा रहेको रेडी ट्रेड प्रालीको गोदाममा छापा मारेको छ । हङकङबाट सुन मगाउने कम्पनी रेडी ट्रेड प्रालीको दाबी गरिएको सो गोदामबाट विभागले ब्रेक प्याड बरामद गरेको छ ।

उक्त गोदामबाट मोटरसाइकल र स्कुटरमा लाग्ने ५५ बाकस ब्रेक प्याड बरामद गरिएको विभागले जनाएको छ । पक्राउ परेकाहरुको बयान अनुसार पहिलेदेखि नै सुन तस्करले सो गोदाममा सुन ल्याएर निकाल्ने र ‘रि–प्याक’ गर्ने गरेका थिए ।

यस प्रकरणमा बुधवार नै सुन प्रकरणमा राजस्वले व्यापारी राकेश कुमार अडुकियाको घरमा छापा हानेको छ । हुण्डि कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरी स्थित घरमा राजस्व अनुसन्धान विभागका अधिकारीहरुले छापा मारेका हुन् ।