राजनीति

कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

११ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन् ।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसदलगायतको उपस्थिति थियो ।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए । यसैगरी नेता निधिले सबैलाई स्वागत गरेका थिए ।