राजनीति

कर्मचारी अभावमा रोकिएको सेवा तत्काल समाधान गर्न भुपेन्द्र राई पुगे गृह मन्त्रालय

११ साउन, काठमाडौं । कोशी प्रदेश सांसद भुपेन्द्र राईले नागरिकको समस्या हाम्रो समस्या भएको बताएका छन् । नागरिकले दुख पाउनु आफुले पाउनु बताएका छन् ।

उनले खोटाङको खोटाङबजारस्थित इलाका प्रशासन कार्यालयवाट बराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ्ग गाउँपालिकाका नागरिकहरूलाई उपलव्ध हुँदै आएको सुविधा यही गएको असार २६ गतेदेखि कर्मचारीको अभावमा रोकिएको प्रति गृह मन्त्रालय तत्काल उक्त समस्याको समाधान गर्न आग्राह गरेका छन् ।

कांग्रेस कोशी प्रदेश समिति महामन्त्री समेत रहेका राईले आउने आइतबार सम्ममा मन्त्रालयले कर्मचारीको ब्यवस्थापन गरी समस्याको समाधान गर्ने प्रतिबद्धता आएको बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “नागरिकको समस्या हाम्रो समस्याहो । तपाईले दुःख पाउनु मैले दुःख पाउनु हो । खोटाङको खोटाङबजार स्थित इलाका प्रशासन कार्यालयवाट बराहापोखरी, जन्तेढुङ्गा र खोटेहाङ्ग गाउँपालिकाका नागरिकहरूलाई उपलव्ध हुँदै आएको सुविधा यही गएको असार २६ गते देखि कर्मचारीको अभावमा रोकिएको प्रति आज गृह मन्त्रालय गई तत्काल उक्त समस्याको समाधान गर्न आग्राह गरेका छौं । यही आइतवार सम्ममा मन्त्रालयले कर्मचारीको ब्यवस्थापन गरी हाम्रो समस्याको समाधान गर्ने प्रतिबद्धता आएको छ । सवैलाई जानकारी गराउन चाहन्छु ।”