१२ साउन, काठमाडौं । बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल त्रिपुरेश्वरबाट पक्राउ परेका छन् ।
त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालबाट उनलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
उनलाई आफ्नो घरमा काम गर्ने एक किशोरीलाई बलात्कार गरेको आरोप लागेकोले पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।
केही समय अघि युवतीले सामाजिक सन्जालमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन् ।
।





