राजनीति

एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गर्ने

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने माग गर्दै एमालेले आज पनि बैठक अवरोध गर्ने भएको छ ।

एमालेले कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ ।