राजनीति

एकीकृत समाजवादीका केन्द्रीय सदस्य उप्रेती एमाले प्रवेश

१६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएका छन् ।

०७४ मा एमालेबाट प्रदेश सांसद निर्वाचित उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।