राजनीति

अध्यक्ष दाहालले बैठक लाइभ गरौँ भनेपछि हामीले नाइँ भन्न सकेनौँ : उपमहासचिव शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले केन्द्रीय समिति बैठक लाइभ गर्ने विषयलाई समर्थन गरेका छन् ।

लाइभ गर्ने विषयलाई लिएर नेताहरूले असन्तुष्ट जनाइरहेको बेला उपमहासचिव शर्माले भने समर्थन जनाएका छन् । लाइभ गर्ने विषयमा मतभेद भए पनि अध्यक्ष पुष्पकमल दाहालले लाइभ गरौँ भनेपछि असहमति राख्न नहुने शर्माले बताए ।

उनले अघि भने, “अध्यक्ष कमरेडले लाइभ गरौँ भन्ने प्रस्ताव गर्नुभयो । उहाँले भनिसकेपछि असहमति जनाउने कुरा भएन । बैठक गोप्य राखे पनि भित्रको विषय बाहिर सबै मिडियामा आइहाल्छन् । भित्रको विषय खोतलखातल बनाएर धेरै बनाउँछन् बरु लाइभ नै गरेपछि मिडियालाई पनि सजिलो हामीलाई पनि सजिलो हुन्छ ।”