राजनीति

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

१६ साउन, काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ ।
कमल थापा नेतृत्वको राप्रपा र तारानाथ लुइँटेल नेतृत्व मोर्चाबीच राष्ट्रियसभा गृहमा मंगलबार आयोजित कार्यक्रममार्फत पार्टी एकता गरिएको हो ।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने बताए । अध्यक्ष थापाले सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन आग्रह समेत गरे ।

संघिय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्यको लागि सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धाबाट अलग रहेर सदन र सडक संघर्षमा आउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत आह्वान गरे ।

“राप्रपा कै नेतृत्वमा संघर्षमा जान हामीलाई कुनै आपत्ति छैन”, उनले अघि भने ।

यस्तै, मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरे ।