राजनीति

हाम्रो पार्टी पार्टीजस्तो छैन : अध्यक्ष दाहाल

१७ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी जस्तो नभएको टिप्पणी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले यो बैठकलाई पार्टी पुनर्निर्माणको सुरुवात बनाउनुपर्ने भन्दै भने, “हाम्रो पार्टी पार्टी जस्तो भइरहेको छैन, पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ ।”

प्रधानमन्त्री समेत रहेका दाहालले अहिले सरकारका कारण जनतामा आशा पलाएको बताए । त्यस्तै, उनले यो बेला संगठन विस्तार गर्नुपर्ने भन्दै भनेका छन्, “सरकारका कारण जनतामा आशा पलाएको छ । जनताको भरोसाको स्थितिलाई संगठनमा रूपान्तरण गर्ने र जनताको भरोसा बढाउनुपर्नेछ । आउने दिनमा एक्सन ओरियन्टेड भएर जानुपर्ने छ ।”