राजनीति

कांग्रेसले नै अगुवाइ गरेर सबै दलहरुलाई बिस्वासमा लिएर राजनीतिक निकास दिनुपर्छः नेता सिंह

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिँहले निरन्तरको संसद अवरुद्ध उचित नभएको भन्दै सम्वाद मार्फत संसद सुचारु गर्ने प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका छन् ।

उनले गठबन्धन र ठुलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्तको पहल थाल्नु पर्ने भन्दै प्रमुख प्रतिपक्षीले जुन मुद्धा सुन प्रकरणको बिषय उठाएकोछ त्यसलाई छलफल बाटै टुंगोमा पुर्याउनुको बिकल्प नभएको भन्दै निरन्तरको संसद अवरोध छाडेर छलफल मार्फत समाधान खोल्न एमाले दललाई समेत आग्रह गरेका छन् ।

राजधानीमामा आज नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १को वडा नम्बर १० ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताएका हुन् ।
नक्कली सुन छानबिन प्रकरणमा सिआईबीको काम प्रति सबै ले बिस्वास गर्नु पर्ने भन्दै नेता सिहले गृहमन्त्रीले संसदमा उभिएर निश्चित समय सिमा भित्र छानबिन टुंगोमा पुराउन सिआिईबीलाई जिम्मेवारी दिएको भनिसकेकाले यसपछि आउने नतिजामामा चित्त नबुझे थप छलफल का लागि बिपक्षी दल तयार हुनु उचित रहने बताएका छन् ।

नेपालि कांग्रेस पनि निस्पक्ष छानबिनको पक्षमा रहेको भन्दै संसदलाई सुचारु गरेर जानूको बिकल्प नभएको बताएका छन् । यतिका दिन संसद चल्न नसक्दा तमा जनसरोकारकाका बिधेक हरु माथि छलफल हुन नसकेको भन्दै सबै दलहरुले संसदिय अभ्यासलाई आत्मसात गरेर जानू पर्नेमा जोड दिएका छन् ।

कांग्रेस संसदीय दलको बैठक जारि रहेकाले यश बिषयमा छलफल चलिरहेको समेत बताएका छन् । कांग्रेसले नै अगुवाइ गरेर सबै दलहरुलाई बिस्वासमा लिएर रास्टि«य राजनीतिलाई सहि बाटो तर्फ लाने समेत बताएका छन् । संसद सुचारू नहुदा छलफलमा लानु पर्ने तमाम बिषय ओझेलमा पर्दै गएकाले राम्रो सन्देस नजाने भन्दै तत्कालै समाधानका लागि बढि जिम्मेवारि सरकार र गठबन्धको भएकाले यस्तर्फ पहल थाल्नु पर्ने समेत बताएका छन् ।