राजनीति

काँग्रेसमा ब्यक्तीबादी चरित्र हावी भयो, नेता-कार्यकर्तामा स्वार्थीपना हावी भयोः बरिष्ठ नेता डा कोईराला

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले तरुण दल, नेबिसंघ, महिला संघलगायतमा गलत कृयाकलाप हुँदै गए पछि जिल्ला र वडामा बिधि बिधान मिच्ने कार्य हुने साँस्कृति बस्दै जाने हुँदा सबै बिधि बिधानमा बस्न जरुरी भएको बताए ।

भातृसंस्थाका तदर्थ समितिका सभापतिहरुले आफ्नो मनमर्जिले तरुण दल, नेबिसंघ, महिला संघमा आफ्लाई मन नपरे जिल्ला कमिटी भंग गर्ने प्रबृति आएको भन्दै उक्त कार्य गलत भएको बताए ।

नेता कोईरालाले काँग्रेसमा ब्यक्तीबादी चरित्र, काँग्रेसीमा स्वार्थी पना हावी भएको भन्दै बिपी कोइराला, शुवर्ण शम्सेर, गणेशमान सिंह, कृण प्रसाद भट्टराईले पार्टीमा हामी भन्ने संस्कृति रहेको नबिर्षन बताए ।

उनले जातीयता, साँम्प्रदायीकताका नाममा पार्टीलाई कमजोर बनाउनु नहुनेृ बताए । बिपी कोईरालाले दुबिधा भए एक मुठी माटो लिएर निर्णय गर्ने भनेको भनाई जस्तै कसैले कुनै गुटको इशारामा हिँडेको भन्दै कार्यकर्ताहरुलाई सही निर्णय गर्न र कसैको इशारामा नहिँड्न आग्रह गरेका छन् ।

उनले भ्रष्टाचारको बिषयमा काम गर्न नसकेमा सरकार टिक्न नसक्ने भन्दै अन्तर्राष्ट्रिय संस्थाहरुले पनि भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको, इन्कप्प्लीट डेमेक्रोसि, बनेका कानुनहरु बुझ्न नसक्ने झन्झटिलो भएको बताए ।

उनले काँग्रेसको बिधान र बिधि मिचेर काम गर्न नहुने भन्दै कृयाशील सदस्यको संख्या संख्यात्मक भन्दा गुणत्मक हुनुपर्ने बिचार ब्यक्त गरेका छन् ।