२७ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शसाँक कोईरालाले नैतिकवान समाजलेमात्र देशलाई स्थायी रुपमा स्थायीत्व र बिकास गर्न सक्ने बताएका छन् । पुर्व महामन्त्रीसमेत रहेका काँग्रेस नेता डा कोईरालाले शुसील कोईराला राजनीतिमा नैतिकताका नायक भएको बताए ।
आज काठमाडौंमा आयोजीत पूर्व प्रधानमन्त्री स्व.शुसील कोईरालाको ८४ औं जन्मजयन्तीको अवशरमा आयोजीत कार्यक्रममा बोल्दै नवलपरासीबाट निर्बाचित साासदसमेत रहेका डा कोईरालाले समाजलाई नैतिकवान बनाउन समाजका सबैले शुसील कोईरालालाई सम्झनुपर्ने बताएका हुन् ।
शुसील कोईराला फाउण्डेशनले आज संबिधानबिद डा भीमार्जुन आचार्य, पुर्व मुख्यसचिव लीलामणी पोख्रेल, पुर्वमन्त्री रेवती पुषाललाई शुसासनको बिषयमा बिभिन्न प्रश्न र जीज्ञासाहरु सोधेर अन्तरकृयात्मक हिसावले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो ।
टिकाराम यात्रीले मोडरेटरको भूमिका खेलेको उक्त कार्यक्रमको आयोजक संस्था फाउण्डेशनका सदस्यसचिव अतुल कोईरालाले शुसील कोईराला एक निष्ठावान र शुसासनका नायक भएको बताएका थिए ।







