२५ भदौ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने बताएका छन् ।
समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेशस्तरीय सन्देशसभा’ मा बोल्दै उनले मोर्चामा आबद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पारे ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधान प्रदत्त अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको टिप्पणी गरे ।
समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिँदै उनले राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गरे ।





