३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जनाएको छ ।
विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो पहिलोको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको उल्लेख छ ।
विभागका अनुसार साउनमा अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो । विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
साउनमा ८७ अर्ब ९८ करोड अमेरिकीडलर बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । डलरमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.५ प्रतिशतले रेमिट्यान्स बढेको हो ।