राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित, को-को परे ?

असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ८ जनालाई मनोनित भएका छन् । सभापति सभापति शेरबहादुर देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।

मनोनित हुनेमा डा. चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।

भण्डारी १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्माले सहमहामन्त्रीमा पराजित भएका थिए ।