राजनीति

राजीव कोईरालाको प्रस्तावः असार र साउनलाई श्रम महिना घोषणा गरौं, नेता कार्यकर्तालाई श्रमसँग जोडौं

६ असोज, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो ।

बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गर्ने क्रममा केन्द्रीय सदस्य राजीव कोईरालाले फरक धारणा राखेका छन् । 

नेपाली काँग्रेस सुनसरी जिल्लाको दुईपटक सम्म जिल्ला कार्यसमिति सभापति बनेर १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका नेता कोईरालाले असार र साउनलाई श्रममहिना घोषणा गरी केन्द्रीय सदस्यहरुलाई श्रमसंग जोड्नुपर्ने विचार ब्यक्त गरेका छन् ।
नेता कोईरालाले केन्द्रीय समिति बैठक लाईभ गर्दा पार्टीमा महत्वपूर्ण रुपमा खुलेर छलफल गर्न असहज भएको भन्दै सबै केन्द्रीय समिति बैठक लाईभ गर्न नहुने उनको तर्क छ । नेता कोईरालाले महामन्त्रीको प्रस्तावमा समर्थन गर्दै ५० प्रतिशन कामहरु आउटडोर हुनुपर्ने विचार राखेका छन् । केन्द्रीय समिति बैठकमा काँग्रेस बरिष्ठ नेता डा शेखर कोईरालाको स्थान काहाँ हो भन्ने निश्चित हुनुपर्ने र सकिन्छ भने डा कोईरालालाई अगाडीको लाईनमा राख्नुपर्ने भनेका छन् । नेता राजीव कोईरालाले महासमिति बैठक देशभर जहाँ गरेपनि समस्या नहुने भन्दै काँग्रेसले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका बिषयमा भने स्पष्ट बिचार बनाएर अगाडी बढ्नुपर्ने बिचार राखेका छन् । उनले कांग्रेसले प्रदेशको नाम राख्दा कोशी प्रदेशमा सहमति गर्ने नेकपा एमालेसंग सहकार्य गरेर कोशी प्रदेश सरकार निर्माण गर्न किन नसकिने ? भन्ने उनको प्रश्न रहेको छ । कोशीमा पटक पटक भएको बिबाद समाधानका लागि नेता कोईरालाको धारणा सही रहेको प्रदेश नेताहरुको तर्क छ ।

 बैठकमा राजीव कोइरालासंगै केन्द्रीय सदस्यहरु  ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, बहादुरसिंह (लामा)तामाङ, डा। गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्यले बोलेका थिए ।

यसैगरी केन्द्रीय सदस्यहरु चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, जीतजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, डा चन्द्रमोहन यादव, मुक्ताकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेल, नागिना यादव, नानु बाँस्तोला, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सितादेवी देवकोटा र शारदा पौडेललेले आआफ्नो धारणा राखेका थिए ।

कार्यसमितिको बैठक असोज ७ गते बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।