राजनीति

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता (फोटोसहित)

६ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहाल शनिबार अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका हुन् । उक्त भेटमा चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ ।

एक हप्ता चीनमा रहने प्रधानमन्त्री दाहाल हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । उनले नेपालसँगको सीमा क्षेत्र तिब्बत पनि भ्रमण गर्नेछन् ।