७ असोज, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभागृह बाहिर छ दिनदेखि उभिएर ध्यानाकर्षण गराइरहेका सामाजिक अभियन्ता ई: लगायतका युवाहरुले उठाएका विषयमा ध्यानाकर्षण भएको भन्दै महामन्त्री थापाले त्यसबारे काठमाडौंका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्ने कोशिस गरिरहेको समेत बताएका छन् ।
त्यसबारे काठमाडौंका मेयर बालेन्द्र शाहसँग भेटेरै कुरा गर्ने कोशिस गरिरहेको समेत उनले बताएका छन् । महामन्त्री थापाले लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने बताएका छन्।
उनले शान्तिपूर्णरुपमा उठाइएका विषयलाई सरकारले झन् महत्वका साथ सुन्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत् भनेका छन्, “राष्ट्रिय सभागृह बाहिर आज छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु । लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ । ई: लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायी ‘Street Vendors’ को विस्थापन होइन उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन । सँगै बसेर कुरा गरेपछि,एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै । त्यस कारण मेरो आग्रह छ-निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस् ।”





