१२ असोज, काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले चिकित्सकहरुलाई आन्दोलन स्थगित नगरे एक घण्टाभित्र प्रहरी फोर्स प्रयोग गर्ने चेतावनी दिएका छन्।
मन्त्री बस्नेतले मणिपाल अस्पतालमा भएको घटनामा संलग्न भनिएको व्यक्तिलाई पक्राउ गरेको र प्रहरीलाई समेत निलम्बन र विभागीय कारबाही थालिसकेको भन्दै आन्दोलन फिर्ता लिन चेतावनी दिएका छन् ।
चिकित्सकहरु आन्दोलन रोक्न तयार नदेखिएपछि मन्त्री बस्नेतले अस्पतालमा एक घन्टाभित्र प्रहरी खटाउने भन्दै भने, “तपाईहरु आन्दोन फिर्ता लिन तयार हुनुस्, एक घन्टाभित्र पुलिस फोर्स पठाउँछौं ।’
स्वास्थ्यमन्त्री बस्नेतले अरु कानुनी प्रक्रियाका लागि हाम्रा जुन जुन संरचनाले काम गरिरहेको र यसलाई निरन्तरता दिने बताएका छन् । यदि संसदीय समितिकै रोहबरमा तीन बुँदे सहमति गर्ने हो भने पनि सरकार तयार रहेको उनले बताए ।





