१२ असोज, काठमाडौ । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ । अधिवेशनमा एक हजार १७४ प्रतिनिधि सहभागी भए पनि दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे ।
मतदान सम्पन्न भएकाले अबको दुई घण्टापछि नतिजा सार्वजनिक गर्ने तयारी भएको एक नेताले जानकारी दिए । मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो ।
अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले प्रतिस्पर्धा गरेका छन् ।





