अन्तर्राष्ट्रिय

छुट्टाछुट्टै सडक दुर्घटनामा दस जनाको मृत्यु

२५ कात्तिक, नयाँदिल्ली । भारतमा शनिबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य तमिलनाडुमा दिउँसो दुईवटा बस दुर्घटना हुँदा पाँच पुरुष र एक महिलासहित छ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको एक प्रहरी अधिकारीले बताएका छन् ।  

उनका अनुसार चेन्नई–बेङगलोरु राजमार्गमा राज्य सरकारी बस र निजी बस एक आपसमा ठोक्किँदा तिरुपत्तुर जिल्लाको चेट्टीयप्पनुर क्षेत्रमा दुर्घटना भएको हो ।

ठक्करबाट दुबै सवारीसाधनको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूलाई तिरुपत्तुर र भेल्लोर जिल्लाका अस्पतालमा भर्ना गरिएको छ ।

अर्को दुर्घटनामा, “उत्तरी राज्य हरियाणामा सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ,” एक स्थानीय प्रहरीले फोन मार्फत बतायनु भएको छ । 

दिल्लीबाट करिब ४५ किलोमिटर टाढा हरियाणाको गुरुग्राम जिल्लाको दिल्ली–जयपुर राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको कारमा तेल ट्याङ्कर ठोक्किएर दरर्घटना भभएको हो ।

कारमा आगलागी हुँदा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को एक जनाको उद्धारक्रममा मृत्यु भएको थियो ।