अन्तर्राष्ट्रिय

मुक्तिनाथ कृषि कम्पनीको वैदेशिक एक लाख ४० हजार कित्ता साधारण शेयरको बाँडफाँड

७ मङ्सिर, काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको जारी पूँजी रु.७० करोड मध्ये २० प्रतिशत अर्थात १४ करोड रुपैयाँ रकम बराबरको १४ लाख कित्ता साधारण शेयर सर्वसाधारणलाई छुट्टयाएको छ ।

उक्त शेयर मध्येको १० प्रतिशत अर्थात एक लाख ४० हजार कित्ता शेयर प्रति शेयर एक सय अङ्कित दरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि कात्तिक २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आवेदकहरुमा उक्त निष्काशित शेयरहरुको आज मंसिर ७ गते बिहानको १० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँड कार्यक्रम सम्पन्न भएको छ ।


एक लाख ४० लाख कित्ता शेयर खरिदका लागि ३१ हजार १९६ जना आवेदकबाट आवेदन प्राप्त भएकोमा ३० कित्ता शेयरका लागि २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १९४ जना आवेदकहरुबाट सात लाख २३ हजार ४० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको धितोपत्र भन्दा अधिक धितोपत्रको लागि माग भएको र प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता धितोपत्र बाँडफाँड गर्न अपुग हुने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम गोलाप्रथाको माध्यमबाट १४ हजार सफल आवेदनकर्ता छनौट गरी न्यूनतम १० कित्ताका दरले कूल एक लाख ४० हजार कित्ता धितोपत्र बाँडफाँड गरिएको छ ।