धनकुटा नगर क्षेत्रमा बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड वडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा बिदा दिएको हो।
वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको बताइएको हो। नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन्।