समाचार

अब पैदलयात्रु आफैले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

काठमाडौँ। काठमाडौँमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि प्रयोगमा आएको छ। काठमाडौंको बबरमहलमा आज बिहान १० बजेदेखि ‘पेलिकन क्रसिङ’ नाम गरेको ट्राफिक लाइट संचालनमा आएको हो।

काठमाडौँ उपत्यकाको केहि स्थानको चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । काठमाडौँ जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिंग राखेको बताइएको छ। पैदलयात्रुले स्विच थिचेको २ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ ,गाडी रोकिन्छन अनि यात्रुले बाटो पार गर्छन।

त्यसको केहि समय पछि मात्र हरियो बत्ती बल्छ र गाडी अगाडी बढ्ने ट्राफिक प्रहरीले जानकारी दिएका छन्।उक्त जडान पेलिकन क्रसिङले पैदल यात्रुलाई जम्मा गर्ने र एकैचोटी बाटो क्रस गराउने काम गर्ने बताइएको छ। यसैगरी महानगरले काठमाडौंका विभिन्न ३६ विद्यालय अगाडि यो प्रविधिको ट्राफिक बत्ती जडान गर्ने तयारी गरेको बताइएको छ ।