आर्थिक

ग्लोबल आइएमई बैंकको ३५१औँ शाखा बैतडीको पाटनमा

काठमाडौँ। ग्लोबल आइएमई बैंकले बैतडीको पाटनमा आफ्नो ३५१ औँ शाखा विस्तार गरेको छ ।

आइतबारदेखि बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरे ।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ ।

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।