चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रम दुई वटा गैंडा मृत फेला परेका छन्। केही अघि दिन मात्र निकुञ्जमा गैंडा मारिएपछि तस्करहरु सलबलाएको विज्ञले आशंका गरेका छन्।
निकुञ्ज भित्रै तस्करले एकसिङ्गे गैँडालाई धरापमा पारेर मार्न थालेपछि नेपाली सेनाको सुरक्षा संयन्त्रमाथि प्रश्न उठेको विज्ञको भनाइ छ ।
नेपालले केही वर्ष लगातार शून्य चोरी शिकार वर्ष मनाएको थियो।
त्यसअघि तस्करले खागका लागि गोली हानेर, करेन्ट लगाएर तथा खाल्डोमा पारेर गैँडा मार्दै आएका थिए।
खाग काटिएको अवस्थामा फेला परेका गैँडाको मृत्युबारेमा अनुसन्धान गर्न सरकारले छानबिन समिति समेत गठन गरेको छ।
विगत नौ वर्षको अवधिमा २३४ गैँडा मरेको निकुञ्जको तथ्याङ्क छ भने सन् ०२१ मा गणना गर्दा नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ रहेको थियो।बिबिसी