अन्य

यस्तो छ विवाहमा कुण्डलीको महत्व

काठमाडौँ। मंसिर महिनालाई विवाह लग्नको महिनाको रुपमा लिइन्छ। उमेर पुगेका युवायुवतीबीच मायाको लगनगाँठो कस्ने महिनामध्येको एक हो । नेपाली समाजमा ज्योतिषशास्त्रको मान्यताअनुसार विवाह व्यक्तिको स्वभाव र रुचि, संस्कृतिमा मात्र नभइ कुण्डली अनुसारको ग्रहदशामा पनि निर्भर रहन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ। ग्रह अनुसार व्यक्तिको जीवन कारक बन्दछ। व्यक्तिको कुण्डली अनुसार एक भन्दा बढी विवाहको योग हुने गर्दछ। यस्तो योग महिला र पुरुष दुवै जनामा हुने गर्दछ। पहिले विवाह भइसकेको पुरुष वा महिलाको पत्नि वा पतिको निधनपछि हुने विवाह पनि यही कुण्डली र ग्रहदशा अनुसार नै हुने गर्दछ । यसलाई कुण्डलीमा रहेको ग्रहदशाको परिणामका रूपमा विश्वास गरिन्छ ।

कस्तो कुण्डली भएका व्यक्तिको बहुविवाह हुने योग हुन्छ ?

ज्योतिष शास्त्रको मान्यताअनुसार एक व्यक्तिको कुण्डलीमा चन्द्र तथा एकै भावमा रहन्छन र उसको बलियो हुन्छ भने त्यो व्यक्तिको एक भन्दा बढी विवाह हुन् सक्ने योग रहेको हुन्छ। यसका साथै कुन्दलिको लग्नेश उच्च वा स्वराशिगत केन्द्र भावमा विराजमान हुछ भने यस्ता मानिसको एक भन्दा बढी श्रीमती वा श्रीमान हुन् सक्छ। कुण्डलीमा सप्तमेश भावमा शनि विराजमान र त्यो कुनै पाप गृहबाट प्रभावित हुन्छ भने पनि यस्तो अवस्थामा बहुविवाह हुने योग रहन्छ। यदि कसैको कुण्डलीको लग्न एक उच्च गृह राशिमा रहन्छ भने त्यस्तो अवस्थामा पनि बहुविवाह हुने सम्भावना धेरै रहेको पाइन्छ।