राजनीति

कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्र सुरु

काठमाडौँ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मलेनको बन्द सत्र सुरु भएको छ। कांग्रेस लुम्बिनी प्रदेशका अनुसार केहि समय अघिदेखि बन्दसत्र सुरु भएको हो। प्रदेश सम्मेलनमा प्रदेशका कार्यसमितिसहित, जिल्ला सभापति, प्रदेश प्रतिनिधि सदस्य, सल्लाहकार, भ्रातृ तथा शुभेच्छुक संस्थाका गरी ७ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।सम्मेलनमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको हिजो केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।