अन्तर्राष्ट्रिय

अफगानिस्तानका भूकम्प प्रभावितलाई चीनद्वारा पाल वितरण

सिन्ह्वा । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा दुई सय ८० भन्दा बढी भूकम्प प्रभावित परिवारलाई चीनले पाल प्रदान गरेको एक सरकारी अधिकारीले सोमबार बताएका छन्।प्रान्तको राष्ट्रिय विपद् प्राधिकरणका वित्त तथा व्यवस्थापनका प्रमुख अधिकारी अब्दुल सलाम बारिक्जाईले आइतबार जिन्दादान जिल्लामा प्रतिभूकम्प प्रभावित परिवारलाई एउटा पाल वितरण गरिएको र सहयोग वितरण प्रक्रिया जारी रहने बताए ।

सहयोग प्राप्त गर्ने अब्दुल करिमले भने , “विशेषगरी भूकम्प प्रभावितलाई मानवीय सहयोग पठाएकामा म चीनप्रति आभारी छु, यो सहयोगले हाम्रो समस्यालाई केही हदसम्म समाधान गर्नेछ, मेरो घर क्षतिग्रस्त भएको छ र यो पाल हाम्रा लागि आश्रय बन्न सक्छ ।”चीनले हालै मानवीय सहयोगका लागि ४१ कन्टेनर पठाएको र वितरण प्रक्रिया आइतबार जिन्दादानमा भूकम्प प्रभावित परिवारलाई पाल दिएर सुरु गरिएको बारिक्जाईले बताउनुभयो । उहाँले आवश्यक परेका परिवारलाई कपडासहित अन्य सामग्री वितरण गरिने जानकारी दिए ।

अफगानिस्तानमा अक्टोबर ७ मा दुई वटा घातक भूकम्प गएको थियो । पहिलो भूकम्प छ दशमलव दुई रेक्टर स्केलको थियो । जिन्दादान केन्द्रविन्दु भएर गएको भूकम्पबाट हजारौँ मानिस हताहत भएका थिए ।