राजनीति

एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । सोमबार सुरु सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

‘महाधिवेशन सार्न सबै नेता सहमत हुनुभयो । मितिबारे भोलि निर्णय हुनेछ’, खतिवडाले भने । उनका अनुसार, जाजरकोट भूकम्पका पीडितहरुको पुनर्स्थापना र राष्ट्रियसभा निर्वाचनमा लाग्नुपर्ने भएकाले महाधिवेशन सार्न नेताहरु सहमत भएका हुन् ।

‘महाधिवेशनमा पेश गरिने दस्तावेजहरु पनि तयार हुन बाँकी छ भने भूकम्प प्रभावित क्षेत्रका नेताहरुलाई अहिले सदस्यता नवीकरणमै समस्या रहेको खतिवडाको भनाई छ । एकीकृत समाजवादीले आगामी १४–१८ माघमा महाधिवेशनको मिति तय गरेको थियो ।