अन्तर्राष्ट्रिय

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

आक्रा। विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ ।
दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन् ।शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तरक्रिया गर्नका लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको न्युज गहका प्रबन्ध निर्देशक रोजर अगानाले बताएका छन् ।


पाँचौं विश्व मिडिया शिखर सम्मेलन आयोजना भएको चिनियाँ शहर ग्वाङ्झाउमा शुक्रबार अवतरण गरेकी अगानाले भनेका छन्। – म विश्वसँग घुलमिल हुन तयार छु, विश्वले अफ्रिका र चीनको वास्तविकता थाहा पाउनु आवश्यक छ र उनीहरूले कसरी दुवै देशका जनताहरूलाई फाइदा पुर्या उन सहयोग गरिरहेका छन् ।”
विभिन्न पक्षहरूमा चीन-अफ्रिका सहयोगले सम्पूर्ण विश्वका लागि राम्रो उदाहरण प्रस्तुत गरेको छ । उनले चीन मैत्रीपूर्ण सहयोगका लागि सधैं तयार रहेको बताएका छन् । अगानाले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट अफ्रिकाले व्यापार प्रवर्द्धन गर्न र त्यहाँको पूर्वाधारको विकासमा भूमिका खेल्न ठूलो फाइदा पुगेको धारणा राख्नु भएको छ ।
बीआरआई प्रशंसनीय परियोजना भएको र यसले यसले सडक, रेलवे, बन्दरगाह र विमानस्थलहरू निर्माण गर्न मद्दत गरिरहेको र अफ्रिका महाद्वीपमा व्यापार सहजीकरणका लागि पूर्वाधार मेरुदण्ड बनेको उनले बताएका छन् ।