राजनीति

वरिष्ठ नेता डा. कोइरालाको दाबी: राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमत्तोमा एनसेल बिक्रीमा घोटला भयो

ओखलढुंगा । नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमत्तोमा एनसेल बिक्री भएको बताएका छन् ।आज ओखलढुंगामा आयोजित नेपाली काँग्रेसको जिल्ला सम्मेलनका अवसरमा उनले यस्तो बताए ।
उनले भने,‘ आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिदै छ भन्ने केही दिनदेखी जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन ।

त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्रि प्रकरण किन भयो ?’ यस घटनालाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको भन्दै नेता कोइरालाले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मुल गर्नुको विकल्प नभएको प्रष्ट पारे ।

नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै नेता कोइरालाले भ्रष्टाचारलाई निर्मुल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताएका हुन् । कोइरालाले भने,‘अहिले जताततै मानीसहरुमा असन्तुष्टि छ । यसको कारण केहो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ । भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो ।’
करिव ७५ प्रतिशत जनता कृषिमा आधारित भएपनि भएपनि उत्पादनलाई बढाएर कृषिमा आधारीत उद्योगहरुलाई बढाएर जान सकेमात्रे रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने नेता कोइरालाको दाबी छ ।